प्याराग्लाईडिङमा टेण्डम फ्लाईट गराएका नेपालीको अवतरणस्थल भन्दा डेढकिलोमिटर पर दुर्घटनामा परी निधन

प्याराग्लाईडिङमा टेण्डम फ्लाईट गराएका नेपालीको अवतरणस्थल भन्दा डेढकिलोमिटर पर दुर्घटनामा परी निधन

  • , 7.5K जनाले हेर्नुभयो
  • 7.5K
    SHARES

  • प्याराग्लाईडिङमा टेण्डम फ्लाईट गराएका नेपालीको अवतरणस्थल भन्दा डेढकिलोमिटर पर दुर्घटनामा परी निधन

    पोखरा-पोखरामा सोमबार क्योकुशिन कराँतेका खेलाडी एवं प्याराग्लाईडिङ पाईलट राजु नेपालीको मृत्यु भएको छ । प्याराग्लाईडिङमा टेण्डम फ्लाईट गराएका नेपालीको अवतरणस्थल भन्दा डेढकिलोमिटर पर दुर्घटनामा परी निधन भएको प्रहरीले जनाएको छ ।

    उनीसँगै उडान भरेकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ वासीकु बस्ने वर्ष २८ की शिला श्रेष्ठ गम्भीर घाईते भएकी छन् ।

    पाईलट नेपाली फिष्टेल कम्पनी मार्फत व्यवसायिक उडान भर्दै आएका थिए । सोमबार पनि उनले व्यवसायिक उडान भर्ने क्रममा फेवाताल किनारमा अवतरण हुनु भन्दा डेढकिलोमिटर पर दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते अवस्थामा अस्पताल पुर्याईएको थियो ।

    पोखरा महानगरपालिक-२८ कालिका घर भई हाल लेकसाईड बस्ने वर्ष ३८ वर्षिय नेपालीले केही वर्षयता प्याराग्लाईडिङ उडान भर्दैआएका थिए ।

    नेपाली क्योकुशिन कराँतेका खेलाडी हुन् । उनी हाल नेपाल स्ट्रोगेष्ट कराँतेमा आवद्ध थिए । उनी थर्ड डान समेत रहेको बताइएको छ । २०५८ सालबाट पोखराको विरौटा डोजोबाट क्योकुशिन कराँते शुरु गरेका थिए । ६५ केजी तौल समूहको प्रतिस्पर्धामा उनले दुईपटक पदक जितेका थिए ।

    २०५९ सालमा ढुंगेसाँघुमा आयोजित कराँते प्रतियोगितामा उनी तेस्रो स्थानमा रहेका थिए । २०६० सालमा भने उनले दोस्रो स्थान रहँदै रजत पदक जितेका थिए ।

    सम्बन्धित खवर