गोर्खालिको छोरा एकै खेपमा ३ मुरी धान भोक्न सक्ने गाउले बाट भए सम्मानित

गोर्खालिको छोरा एकै खेपमा ३ मुरी धान भोक्न सक्ने गाउले बाट भए सम्मानित

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • गोर्खालिको छोरा  एकै खेपमा ३ मुरी धान भोक्न सक्ने गाउले बाट भए सम्मानित

    लमजुङ । एकजनाले एकपटकमा कति पाथी धान बोक्छन् होला ? १० पाथी, १५ पाथी, एक मुरी । मुरीको धोक्रो बोक्नेहरु बिरलै भेटिन्छन् । लम्जुङमा भने एकजनाले एकै खेपमा एकै खेपमा ३ मुरी धान बोकेका छन् ।

    तीनमुरी धान बोकेर खलाबाट घरधनीको घर पुर्याएवापत ४० वर्षिय राजेन्द्र पौडेलले बाजी नै जिते । मध्यनेपाल नगरपालिका– ६ को गुम्बाबेसी गाउँका ४० वर्षीय राजेन्द्र पौडेलले बाजी जितेपछि स्थानीयले नगद पुरस्कारका साथ पुरस्कृत गरेका छन् ।

    उनले एक एक मुरीले भरिएका तीनवटा धानका थैला एकैपटक नाम्लोको फेरो लगाई बोकेर खलेगरा देखि धानका धनीको घर रहेको स्थानसम्म १५ मिनेटको पैदल दुरीको उकालो बाटो पार गरेको प्रत्यक्षदर्शीहरूले बताए

    तीन मुरीमा ६० पाथी हुन्छ । गुम्बाबेसीका देव गिरी सन्यासीको दाइँमा सहयोग (पर्म लगाई) गर्न गएका राजेन्द्रले दाइँ सकिएपछि एकैपटकमा ३ मुरी धान बोकेपछि उनलाई पुरस्कृत गरिएको सोही दाइँमा रहेका स्थानीय धु्रुवराज पौडेलले बताए ।

    उनले भने, ‘राजेन्द्रले ३ मुरी धानको खलोबाट बोकेर देव गिरी सन्यासीको घरसम्म पुर्याएका हुन् ।’ कस्ले कति धान बोक्न सक्छ भन्ने प्रसङ्ग चल्दै गर्दा युवाहरुले प्रायः डेढ मुरी बोक्ने गरेका हुन्छन् । उक्त दाइमा एक जनाले दुई मुरी र अर्को एक जनाले ४५ पाथी बोक्ने प्रद्धिवता व्यक्त गरेपछि राजेन्द्रले आफूले तीन मुरी धान एकै पटक बोक्ने प्रतिवद्धता व्यक्त गरेको धु्रवराज पौडेलले बताए ।

    उनले भने, ‘त्यसपछि दाइँमा सँगै रहेका आफू सहितका साथीहरुले बाजी राखेर उनलाई एकैपटकमा ३ मुरी धान बोक्न उक्साएको र राजेन्द्रले बाजी राखे अनुसार ३ मुरी धान बोकेर घरसम्म पु¥याएपछि उनलाई १ हजार १ सय रुपैयाँ नगद सहित अबिर लगाएर पुरस्कृत गरेका हौं ।’

    सम्बन्धित खवर