अस्पतालले भर्ना न लिए पछि ज्यान गयो यो कलिलो उमेरमा

अस्पतालले भर्ना न लिए पछि ज्यान गयो यो कलिलो उमेरमा

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • अस्पतालले भर्ना न लिए पछि ज्यान गयो यो कलिलो उमेरमा

    काठमाडौ । यो अध्यारो दिन हो । सबै नेपाली जागौ । मेडिकल माफिया बिरुद्व जागौ । कलिलै उमेरमा मेरी बहिनीले ज्यान गुमाउनु पर्यो ।

    त्योपनि औषधी उपचार नपाएर । तिहारको मुखमा एक जना दाजुले बिलौना गर्नुभयो । तर दाजुका लागि तिहारको गहना चेली गुमिसकेकी थिएन् ।

    आँखाभरी आँशु बनाएर उनले भने मेरी चेली त मैले गुमाए अझै यसरी कतिले ज्यान गुमाउने हुन् भन्न सकिन्न । हात जोड्दै भने मेरो अपिल सबैले सुनिदिनुहोस् ।

    यो दु:खद घटना सबैमा पुग्नेगरी सेयर गरिदिनुहोला । ता की अस्पतालले कसरी मानिसको मृत्यु् पर्खिरहेको छ भन्ने यो कहानीमा छ ।

    तपाईहरु कोही कसैलाई केही समस्या भयो भने तत्कालै सचेत रहनुहोस् । आवश्यक कदम चालिहाल्नुहोस् । नत्र अस्पतालले कोरोना रिपोर्ट भन्दा-भन्दै सेतो कपडा कतिबेला ओढाईदिने हुन् कुनै ठेगान छैन ।

    यो मेरो चित्कार सुनेर राज्यले अस्पातललाई कारबाही गरोस् । मेरी बहिनीले न्याय पाउन् । किनकी मेरो जिन्दगीको यो अति नै कालो दिन हो ।

    खराब सिस्टमका कारण मेरो बहिनी माया मार्नु पर्यो। मेरो बहिनीको अचानक पिसाबमा समस्या आएको थियो । पिसाब रोकिएको शंका भएपछि हामी भक्तपुरको अस्पताल गयौँ ।

    नानीलाई समस्या भएपछि अस्पताल त लग्यौँ तर अस्पतालको सिस्टमले पहिले कोरोना परीक्षणका लागि पीसीआर (PCR) जाँच भनियो ।

    पीसीआर रिपोर्ट ल्याउनुहोस् अनि मात्र उपचार हुन सक्छ भनियो । बिहिनीलाई बिरामले झनै गाह्रो बनाउँदै लगेको थियो ।

    बिरामीको अवस्था झन झन खराव हुदै गईरहेको थियो। पिसाब नआएका कारण तत्काल डायलासिस गरेर उपचार गर्नुपर्ने डाक्टरहरुले भने तर उनीहरु त्यसका लागिपनि रिपोर्ट नै पर्खिए ।

    रिपोर्ट आउँदासम्म अवस्था झनै असहज भइसकेको थियो । हामी अस्पताल जाँचका लागि कहिले ललितपुर कहिले भक्तपुर अनि कतिखेर काठमाडौका सबै हस्पिटल गयौ तर कुनै पनि हस्पिटलले भर्ना लिएन। अब यतिबेलासम्म नानीका लागि आईसीयू र भेन्टिलेटर जरुरी हुन थालिसकेको थियो ।

    केही घण्टाको बेवास्ताले नानीको पिसाब शरीरतर्फ फर्किन थालिसकेको थियो । त्यसले गर्दा उनको अवस्था झनै जटिल बन्न गयो ।

    तर कुनैपनि अस्पताल आइसीयू र भेन्टिलेटर खाली छ भन्न तयार भएन । नानी अस्पतालको आँगनमा नै छटपटाइरहेकी थिइन् । बहिनीको जसरीपनि डायलासीस गरेर पिसाब बाहिर निकाल्नु थियो । तर अब त्यो समय ढिला भइसक्यो ।

    बल्लतल्ल एक अस्पतालले भर्ना लिने भन्यो । किनकी त्यो बेलासम्म कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आइसकेको थियो ।

    अब बल्ल भर्ना त लियो तर केही दिनदेखिको पिसाब सबै शरीरमा नै फर्किएकाले बहिनीलाई गम्भीर प्रकृतीको असर देखिन थालिसक्यो ।

    अक्सिजनको मात्रा अत्याधिक कम भयो । प्रेसर अत्यन्तै लो भयो । अब फेरी यस्तो अवस्थामा डायलासिस गर्न सकिन्न भनियो ।

    तरपनि आशा भने अझै थियो । त्यसो भनेर नै अस्पतालले बहीनीलाई दुई दिनसम्म भेन्टिलेटरमा राख्यो । अन्तत: अस्पतालले बहिनीको मृत शरीर बुझायो ।

     

    बहिनी हामीले सकेको तिम्रो लागि सबै गर्यौँ । तर यो राज्यको सिस्टमले तिमीलाई बाँच्न दिएन । माफी चाहान्छु बहिनी यो अभागी दाजुको यो बर्ष मात्र हैन जन्मौजन्म तिहार अध्यारो भयो ।

     

    निधार रित्तियो बहिनीको जन्म मिति २०६० / ०८ / ०४ स्व. मिति २०७७ / ०६ / ३० के गर्छौ नानु यस्तो भ्रष्ट देशमा तिम्रो जन्म भएछ जसको कारण तिमीले

    सही समयमा उचित उपचार पाउनबाट बञ्न्चित भयौ। जहॉ भए पनि तिम्रो आत्माले शान्ति पाओस्।

    सम्बन्धित खवर