गण्डकीमा संक्रमितको संख्या बढ्दै

गण्डकीमा संक्रमितको संख्या बढ्दै

  • , 2.7K जनाले हेर्नुभयो
  • 2.7K
    SHARES

  • गण्डकीमा संक्रमितको संख्या बढ्दै

    गण्डकीमा संक्रमितको संख्या बढ्दै
    कार्तिक २८ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नजिक पुगेको छ ।

    शुक्रबार पोखराका ६१ जना सहित प्रदेशको  विभिन्न जिल्लाका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रममितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
    निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , भरतपुर अस्पताल चितवन , चितवन मेडिकल कलेज र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ७ जिल्लाका ७९ जनामा संक्रमणको पुष्टि भएको  हो ।
    निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै स्याङजामा ६ जना , तनहुँमा ४ जना , नवलपरासी पूर्वमा ५ जना, लमजुङमा १ जना , बाग्लुङमा १ जना  र म्याग्दिमा १ जनामा संक्रमण देखिएको छ ।
    यससँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय २९ पुगेको छ ।
    शुक्रबार दिउँसो १ ः ०० बजे सम्म निर्देशनालयले तीन चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।

    सम्बन्धित खवर