नेकपाको सचिवालय बैठक बस्दै
कार्तिक २८ पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
सचिवालय बैठक शुक्रबार दिउँसो चार बजेका लागि तय गरिएको छ ।महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो । नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।
यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित रुपमै आग्रह गरेका थिए ।
अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरु बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा रहेका थिए ।
ओली र प्रचण्डबीचको तिख्तताका कारण सचिवालय बैठकमा हुने छलफलका एजेण्डा भने निश्चित भइसकेको छैन ।
पछिल्लो समय राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ ।