बैतडीमा बस दुर्घटना, ९ जनाको निधन ३४ जना घाइते

बैतडीमा बस दुर्घटना, ९ जनाको निधन ३४ जना घाइते

  • , 1.9K जनाले हेर्नुभयो
  • 1.9K
    SHARES

  • बैतडीमा बस दुर्घटना, ९ जनाको निधन ३४ जना घाइते

    बैतडीमा बस दुर्घटना, ९ जनाको निघन ३४ जना घाइते
    कार्तिक २८ पोखरा । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर गइरहेको ना ५ ख ५१४१ नम्बरको बस विहीबार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।
    दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
    एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्द सहित चार जनाको सनाखत भएको छ । बैतडी घर भएका जवान दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताए ।
    त्यस्तै अन्य दोगडाकेदार–६ २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीको परिचय खुलेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
    अन्य पाँच जनाको भने पहिचान हुन बाँकी रहेको छ ।
    दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए ।
    उनीहरुलाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।
    बस बिहीबार साँझ पाँच बजेतिर दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ प्रस्थान गरेको थियो । बाटो पक्की भए पनि घुमाउरो बाटोमा चालकले सन्तुलन गुमाएकाले दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । बस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

    सम्बन्धित खवर