४ वर्षीय बालक सुबोध आलेलाई ब्लड क्यान्सर सके सहयोग न सके शेर गरिदिनुहोला

४ वर्षीय बालक सुबोध आलेलाई ब्लड क्यान्सर सके सहयोग न सके शेर गरिदिनुहोला

  • , 7.5K जनाले हेर्नुभयो
  • 7.5K
    SHARES

  • ४ वर्षीय बालक सुबोध आलेलाई ब्लड क्यान्सर सके सहयोग न सके शेर गरिदिनुहोला

    मकवानपुरका ब्लड क्यान्सर पीडित ४ वर्षीय बालक सुबोध आले मगर हाल काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचाररत छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ बस्ने सन्तोष आले मगरका छोरा सुबोधलाई गत कात्तिकदेखि चेकजाँच गर्दाखेरी ब्लड क्यान्सर भएको पत्ता लागेको हो । उनको हेटौंडामा उपचार हुन नसकेपछि थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौंमा लगिएको उनका बाबु सन्तोष आले मगरले बताए ।  हेटौंडामा ज्याला–मजदुरी गर्दै आएका सन्तोष छोरालाई ब्लडक्यान्सर भएपछि एतिखेर काम छोडेर छोरासँगै अस्पतालमा छन् । सन्तोषकी श्रीमती उर्मिला आले मगरको अहिले कुनै रोजगारी छैन । उनी सामान्य गृहिणी हुन् ।

    एकातिर घरव्यवहार धान्न मुस्किल भएको छ भने अर्कोतिर छोराको उपचार कसरी गराउने भन्ने चिन्ता मगर दम्पती परेका छन् । यस्तो अवस्थामा सबैतिरबाट आर्थिक सहयोगको अपेक्षा गर्दै छोराको जीवन बचाइदिन उनले सबैलाई आग्रह गरेका छन् । सहयोग गर्न चाहने संघसंस्था, व्यक्ति लगायतका सम्पुर्ण निकायहरुलाई सानीमा बैंकको खाता नंबर ०२५०११०८००००१२९ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका छन् । साथै ९८२८२११५९९,९८४८८२९८८५ मा पनि सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।

    सम्बन्धित खवर