कलंकीमा सवारी दुर्घटना ,तीन जनाको ज्यान गयो

कलंकीमा सवारी दुर्घटना ,तीन जनाको ज्यान गयो

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • कलंकीमा सवारी दुर्घटना ,तीन जनाको ज्यान गयो

    कलंकीमा सवारी दुर्घटना ,तीन जनाको ज्यान गयो
      कार्तिक २७ पोखरा । काठमाण्डौको कलंकीमा आज बिहान भएको  सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

    मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई कुखुराको चल्ला लिएर आएको बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको ज्यान गएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले जाकारी दिए ।
    दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाउँपालिकाका २४ वर्षका रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षका माधव घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा  घाइते नुवाकोट तारकेश्वर घर भएका २२ वर्षका विजय तामाङका भने उपचार भइरहेको छ ।
    ट्रक तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले दुईवटै ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित खवर