नेपाल टेलिकमले ल्यायो नयाँ अफर

नेपाल टेलिकमले ल्यायो नयाँ अफर

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • नेपाल टेलिकमले ल्यायो नयाँ अफर

    कार्तिक २७ पोखरा । नेपाल टेलिकमले तिहार, छठ, नेपाल संवतको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
    टेलिकमले आफ्ना ग्राहकहरुका लागि एसएमएस प्याक तथा विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध गराएको विज्ञप्ती मार्फत जनाएको छ ।

    टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफर अन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।

    जसमा रु ५ मा २० वटा एसएमएस, रु १५ मा ७० वटा एसएमएस र रु ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ । यी प्याक क्रमसः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने समेत टेलिकमले जनाएको छ ।
    टेलिकमद्वारा जारी गरिएको विज्ञप्ती ः

    सम्बन्धित खवर