पूर्व भूमिसुधार मन्त्री भिम प्रसाद गौतमको निधन

पूर्व भूमिसुधार मन्त्री भिम प्रसाद गौतमको निधन

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • पूर्व भूमिसुधार मन्त्री भिम प्रसाद गौतमको निधन

    पूर्व भूमिसुधार मन्त्री भिम प्रसाद गौतमको निधन
    कार्तिक २७ पोखरा ।
     नेपाल सरकारका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिम प्रसाद गौतमको निधन भएको छ ।
    लामो समय देखि अस्वस्थ रहेका गौतमको तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले स्थित आफ्नै निवासमा बिहीबार बिहान २ः३० बजे निधन परिवारिक स्रोतले बताएको छ ।
    जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका गौतम विगत १५ दिनदेखि अस्वस्थ थिए । अस्पतालमा निमोनियाको उपचार गराएपछि उनले घरमै आराम गर्दै आएका थिए ।
    पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य र तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अगुवा गौतमको निधनले सिंगो तनहुँवासीलाई स्तब्ध बनाएको बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताए ।
    गौतमको अन्त्येष्टि देवघाटमा गरिने परिवारिक स्रोतले जनाएको छ ।

    सम्बन्धित खवर