भर्खरै आयो डरलाग्दो खबर ! ससुरालीमा ज्वाइँहरुबीच छुरा हानाहान ,साढुुदाईद्वारा साढुभाइको हत्या

भर्खरै आयो डरलाग्दो खबर ! ससुरालीमा ज्वाइँहरुबीच छुरा हानाहान ,साढुुदाईद्वारा साढुभाइको हत्या

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • भर्खरै आयो डरलाग्दो खबर ! ससुरालीमा ज्वाइँहरुबीच छुरा हानाहान ,साढुुदाईद्वारा साढुभाइको हत्या

    पर्सा। साढुुदाइले साढुभाइलाई छुराले हानेर हत्या गरेका छन् । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर–४, लंगडीमा ससुराली गएका साढुदाइ र भाइबीच रक्सी पिएपछि झगडा हुँदा छुरा प्रहार भएको हो ।
    भारतको बिहार बेतिया जिल्ला कंगली थाना अन्तर्गत कठिया मठिया निवासी साढुदाइ बिजुली मुखिया बिनले ३० वर्षीय साढुभाइ उमेश मुखिया बिनलाई छुराले हानेर घाइते बनाएका हुन् ।

    शरीरको तीन ठाउँमा छुरा हानिएको उनको उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको प्रहरीले जनाकारी दिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले ससुराली पुगेका ज्वाइँहरुबीच मदिरा पिएपछि विवाद भएको र त्यसपछि बिजुलीले उमेशलाई छुरा हानेको बताए

    भारतमा अपराध गरेर लुक्न नेपाल आउने गरेका मुखियाले आफनै साढुभाइको हत्या गरेर फरार भएका छन् । अनुसन्धानका लागि बिजुलीका ससुरा र सासूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए ।source:purbelipost

    सम्बन्धित खवर