सरकार ढल्यो भने अर्को बन्छ’ नेकपा फुट्दा देश बर्बाद हुँदैन,

सरकार ढल्यो भने अर्को बन्छ’ नेकपा फुट्दा देश बर्बाद हुँदैन,

  • , 11.4K जनाले हेर्नुभयो
  • 11.4K
    SHARES

  • सरकार ढल्यो भने अर्को बन्छ’ नेकपा फुट्दा देश बर्बाद हुँदैन,

    काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर संकटको मोडमा पुगेको सोही पार्टीकै महासचिव विष्णु पौडेलले सामाजिक सञ्जालमा भनिसकेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको दूरी पार्टी विभाजनसम्मै पुग्ने हो कि भन्ने चिन्ता नेकपाभित्र देखिन्छ ।

    विभाजनको खतराबाट टरेको आँकलन गरिएको नेकपा दुई महिना नपुग्दै फेरि संकटतिर धकेलिनुको कारणबारे कार्यदलका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग अनलाइनखबरले बुझ्ने प्रयास गर्‍यो । स्पष्ट वक्ताका रुपमा परिचित नेता पाण्डेले नेकपा फुट्दैमा देश बर्बाद नहुने र यो सरकार ढल्यो भने यसको ठाउँमा अर्को आउने बताए । तर, पार्टी फुट्यो भने नेकपा चाहिँ सकिने उनले बताए ।

    सिंहदरबारमा नेकपाको अन्तरविरोधसम्बन्धी संवादको थालनी गर्न नपाउँदै पाण्डेले अनलाइनखबरकर्मीसँग सोधे, तपाईंहरुले मार्क्सवाद कत्तिको पढ्नुभएको छ ?

    उनले थपे, ‘अहिलेको पुँजीवाद भनेको डाटा पुँजीवाद हो ।’

    पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले मार्क्सका पालाको ‘औद्योगिक पुँजीवाद’, बीसौं शताब्दीको ‘वित्तीय पुँजीवाद’ र अहिलेको ‘डाटा पुँजीवाद’बारे ‘अप्राशंगिक कथन’ यसरी सुनाए –

    कार्ल मार्क्सले कमोडिटी इकोनोमीको लामो व्याख्या गरे र श्रमिकको श्रमबाट अतिरिक्त अंश निकाल्दै पुँजीपति वर्गको उदय हुने कुरा निष्कर्ष निकाले । उत्पादनमा मजदुर सहभागी हुने, तर वितरण पुँजीपतिमा मात्रै हुने भएकाले धनी झनै धनी र गरीब झनै गरीब हुने भए । पुँजीवादको मुख्य चरित्र यही नै हो । तर, २० औं शताब्दीमा आएपछि भने साम्राज्यवादको चरण सुरु भयो । उपनिवेश लागू हुन थाल्यो । कुनै देशमा पैसा लिएर जाने, अनि त्यही देशको कच्चा पदार्थबाट त्यही देशका मजदुरमार्फत् वस्तु उत्पादन गर्ने र त्यही बेचेपछि पैसा बोकेर फर्कने । त्यो बेलाको पुँजीवादको मुख्य चरित्र वित्तीय पुँजीवाद थियो ।

    सन् १९६० मा कम्युटरको विकास भयो । कम्युटरबाट सूचना ट्रान्सफर हुन थाल्यो । सन् १९९० तिर पुग्दा वर्ल्ड वाइड वेव (डब्लुडब्लुडब्लु) को विकास भयो । बिग डाटा सेन्टरहरु निर्माण हुन थाल्यो । त्यसलाई आर्टिफिसियल इन्टेलिजिन्सको माध्यमबाट विश्लेषण गर्ने र संभावनाहरु बारे निष्कर्ष निकाल्न थालियो । अहिले ठूला देशहरुले ब्यापक मात्रामा व्यक्तिगत सूचना (डाटा) हरु संकलन गरिरहेको छ । त्यो सूचना आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट विश्लेषण हुन्छ । संकलित मानव व्यवहारको सूचना आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट विश्लेषण गरेर प्रेडिक्टिभिट प्रोडक्ट (….) निर्माण गरिन्छ । अर्थात्, डाटाचाहिँ कच्चा पदार्थ भयो । यो नै अहिलेको शताब्दीको पुँजीवादको चरित्र हो । हिजो श्रमबाट हुने काम अब डाटाहरुबाट हुने गर्छ ।

    त्यसैले, अहिलेको पुँजीवाद डाटा पुँजीवाद हो । यो चरित्र बुझिएन भने पुरानो व्याख्या गरेर बनाइने योजनाले काम गर्दैन । पुरानो पुँजीवादको चरित्र बाटो बनाउने, रेल बनाउने, ठूला बिल्डिङ बनाउने थियो । हामी त्यही अल्मलिरहेका छौं । आज अमेरिका र चीनबीच कसले बढी सूचना संकलन गर्ने र को शक्तिशाली हुने प्रतिस्पर्धा भइरहेको छ ।’

    डाटा पुँजीवादको कुरो सुनिसकेपछि हामी सूचना प्रविधिसँगै जोडिएको विषयबाट अन्तर्वार्ताको विषयवस्तुमा प्रवेश गर्‍यौं ।

    तपाईंले ‘डाटा पुँजीवाद’ र एआईको कुरो गर्नुभयो, अहिले नेकपामा जुन संकट देखिएको छ, यसमा फेसबुक/ट्वीटरको पनि भूमिका छ त ?

    फेसबुक र ट्वीटरहरुको भूमिका केही न केही छ । सबै भूमिका खेलेको त मान्दिनँ । तर, पहिले-पहिले हामीले कार्यकर्ताहरुको विचार बनाउन, एकभन्दा बढी व्यक्तिमा पुर्‍याउनलाई पर्चा, पोष्टर, र्‍याली, भेला, प्रशिक्षण आदि गरिन्थ्यो । आजकल कम्युनिकेसनको साधन फेसबुक, ट्वीटर, यूटुब भयो ।

    हिजो न्यूज पेपर (समाचार बोक्ने कागज) भन्थ्यौं, त्यो समय एकप्रकारले अन्त्य भयो । त्यो अनलाइनमा आयो, सामाजिक सञ्जालमा शेयर गर्न सकिने भयो । कुनै व्यक्तिले आफ्नो कुरा राख्नासाथ जथाभावी कमेन्ट गर्न थालियो । हिजो राम्रो गर्न पनि र नराम्रो गर्न पनि यस्तो साधन थिएन । हजारौं र लाखौं मानिसलाई सुनाउन सकिन्न थियो । आज सर्कुलर पढ्ने भन्दा पनि सामाजिक सञ्जालमा कसैले गरेको टिप्पणीमा प्रतिक्रिया जनाउन थालियो । सबै प्रतिक्रिया नराम्रो र अमर्यादित हुन्छ भन्न खोजेको चाहिँ होइन । यसले हामीले भन्दै आएको अनुशासनका कुरा कमजोर पक्कै बनाएको छ ।

    सामाजिक सञ्जालले पार्टीको मात्रै नभएर समाजकै अनुशासन पनि भत्काएको छ । मनपरी गाली गर्ने साधन पाएकैले यस्तो हुन गएको हो । त्यो कारणले पनि पार्टीभित्रको वादविवाद तथा बहसलाई जटिल र शत्रुतापूर्ण बनाउने काम भएको छ । पहिले प्रवक्ता भनेको अफिसियल पेपरमा लेखेर पत्रकारहरुलाई बोलाएर कुरा राख्ने हुन्थ्यो । अहिले पत्रकारले पनि टेलिफोन गरेर सोध्छ र त्यतिखेरै प्रतिक्रिया भनेर लेखिहाल्छ । व्यक्तिहरुले पनि सामाजिक सञ्जालमा राखेपछि तत्काल सर्कुलेसन हुन्छ । यसले राम्रो पनि गरेको छ, नराम्रो पनि गरेको छ । तर, धेरै काम राम्रो पनि भएका छन् । जस्तो- प्राकृतिक दुघर्टनामा परेकाको उद्धार गर्न यसले सहयोग गरेको छ ।

    तपाई‌ंसमेत सदस्य रहेको नेकपाको कार्यदलले सामाजिक सञ्जालमा जथाभावी नलेख्न नेता-कार्यकर्तालाई सुझाव दिएको थियो । तर, कार्यान्वयन भएन नि ?

    यसको मुख्य नियमनचाहिँ राज्यले नै गर्नुपर्छ । पार्टीले सबै जानकारी लिन सक्दैन । अब फोटो एउटाको अनि टिप्पणी अर्काको हुन्छ, त्यस्तो व्यक्ति मतदाता वा जनता छन् भने पार्टीले के गर्ने ? पार्टी नेतालाई त हामीले सचेत गराउने वा आत्मालोचना गराउने हुन सक्छ । तर, कसैको नितान्त निजात्मक मामलामा दाग लगाउने काम गर्नुभयो भने रिकभर नै गर्न सकिँदैन । यस्तोबेला राज्यकै कानून आवश्यक हुन्छ । त्यसैले पार्टीभित्रको नियम र राज्यको नियमन पनि चाहिन्छ ।

    कार्यदलले दिएका यो बाहेकका अरु सुझाव पनि कार्यान्वयन भएनन्, किन ?

    त्यो भएन, भइरहेको छैन । हामीले भदौ २६ गते एउटा निर्णय गर्‍यौं, भोलिपल्टै सवै निर्णय कार्यान्वयन हुन्छ भन्ने मान्दिनँ । तर, पार्टीको सचेत प्रयास र कोशिस भएन । नेतृत्व नै छरपस्ट भएको पार्टीले कसरी गरोस् ?

    कार्यदल त विघटनै भइसक्यो । अहिले फेरि तपाई‌ंहरु सक्रिय हुनुभएको छ । यसको अर्थ कार्यदलको प्रतिवेदन कार्यान्वयन नै एकमात्र समाधान हो भन्ने हो ?

    हामीले त यो सक्रियता दशैं अगाडि नै गर्ने भनेका थियौं । तर, कार्यदलका एक जनामा कोरोना संक्रमण देखियो र रोकिएको थियो । हाम्रो सक्रियताका दुई अर्थ छन् ।

    सम्बन्धित खवर