कास्कीका १४५ सहित गण्डकीमा थपिए १८२ जना कोरोना संक्रमित

कास्कीका १४५ सहित गण्डकीमा थपिए १८२ जना कोरोना संक्रमित

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • कास्कीका १४५ सहित गण्डकीमा थपिए १८२ जना कोरोना संक्रमित

    कास्कीका १४५ सहित गण्डकीमा थपिए १८२ जना कोरोना संक्रमित

    कार्तिक २६ पोखरा । बुधबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप एक सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन , भरतपुर अस्पताल , चितवन र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ७ जिल्लाका थप एक सय ८२ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।

    बुधबार मध्याह्रन १२ : ३० बजे सम्म निर्देशनालयले चार चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।

    निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा एक सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाग्लुङमा २० जना , तनहुँमा ७ जना  ,नवलपरासी पूर्वमा ३ जना, स्याङजामा ३ जना, पर्वतमा ३ जना र लमजुङमा १ जनामा संक्रमण देखिएको छ ।

    निर्देशनालयले मध्याह्रन ११ : ४० मा पहिलो विज्ञप्ती माफर्त क्षयरोग उपचार केन्द्र पोखराबाट १०३ जना, लगत्तै १२ : ०० मा दोस्रो विज्ञप्ती मार्फत लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा ४७ जनामा कोरोना पुष्टि भएको जनकारी गराएको थियो । जस मध्ये ११९ जना संक्रमित कास्कीका रहेका छन् ।

    यस्तै, तेस्रो , बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल , चितवनमा गरिएको परिक्षणको विवरण मध्याह्रन १२ : १० बजे जारी गर्दै २ जिल्लाका थप ४ जनामा संक्रमण देखिएको जनाइएको थियो । 

    त्यसको लगत्तै निर्देशनालयल यो समाचार तयार पार्ने बेलासम्म अन्तिम पटक मध्याह्रन 

    १२ : ३० मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको नतिजा जारी गर्दै प्रदेशमा थप २८ जनामा संक्रमण देखिएको जनाएको छ ।

    यससँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ९ हजार ७ सय ०३ पुगेको निर्देशनालयले पुष्टि गरेको छ ।

    सम्बन्धित खवर