भर्चुअल तेक्वान्दोको तयारी पूरा

भर्चुअल तेक्वान्दोको तयारी पूरा

  • , 1.7K जनाले हेर्नुभयो
  • 1.7K
    SHARES

  • भर्चुअल तेक्वान्दोको तयारी पूरा

    काठमाडौं : यही कात्तिक २२ र २३ मा हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार

    लामा घिसिङले जानकारी दिए ।च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा नेपालका एक सय ९० र अरू विभिन्न राष्ट्रका एक सय ७१ खेलाडीले सहभागिता जनाएको संयोजक लामाले बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए । ‘अहिलेको विषम परिस्थितिमा पनि खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका छन्’, प्रतियोगिता संयोजक घिसिङले भने, ‘यसले आगामी दिनमा पनि भव्य कार्यक्रम आयोजना गर्न हौसला दिएको छ ।’

    च्याम्पियनसिपमा हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका खेलाडीले सहभागिता सुनिश्चित गरेको प्रचारप्रसार संयोजक कविराज नेगी लामाले जानकारी दिए ।

    च्याम्पियनसिपमा सहभागिताका लागि रजिस्ट्रेसन गरेका खेलाडीले शुक्रबारसम्म दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोको शनिबार र आइतबार अन्तर्राष्ट्रिय रेफ्रीले मूल्यांकन गर्नेछन् भने सोमबार विजेता खेलाडीको नतिजा सार्वजनिक गरिने भएको छ ।

    च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा नेपालका एक सय ९० र अरू विभिन्न राष्ट्रका एक सय ७१ खेलाडीले सहभागिता जनाएको संयोजक लामाले बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए ।

    सम्बन्धित खवर