जंगलमा घाँस काटिरहेकाे माैका छाेपेर बाघले अाफ्नाे अाहारा बनायाे यी महिला

जंगलमा घाँस काटिरहेकाे माैका छाेपेर बाघले अाफ्नाे अाहारा बनायाे यी महिला

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • जंगलमा घाँस काटिरहेकाे माैका छाेपेर बाघले अाफ्नाे अाहारा बनायाे यी महिला

    जंगलमा घाँस काटिरहेकाे माैका छाेपेर बाघले अाफ्नाे अाहारा बनायाे यी महिला.

    मकवानपुरको मनहरि गाउँपालिका–७, रमौली, प्रतापपुरमा बाघको आक्रमणबाट सोमबार अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    राप्ती नदी किनारामा घाँस काट्नेक्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

    घाइते दुईमध्ये एकजना ३६ वर्षीय राजकुमार अर्याल रहेका र एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    महिलाको शव उठाउनेक्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुईजना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।source:samchar sanchar

    सम्बन्धित खवर