२०१ रनको लक्ष्य पछ्याएको दिल्लीले शून्य रनमै तीन विकेट गुमायो

२०१ रनको लक्ष्य पछ्याएको दिल्लीले शून्य रनमै तीन विकेट गुमायो

  • , 1.2K जनाले हेर्नुभयो
  • 1.2K
    SHARES

  • २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले शून्य रनमै तीन विकेट गुमायो

    यूएई : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले शून्य रनमै तीन विकेट गुमाएको छ । पहिलो ओभरमा मेडन दुई विकेट गुमाएको दिल्लीले दोस्रो ओभरको दोस्रो बलमा तेस्रो विकेट

    गुमाएको हो । दिल्लीका ओपनर पृथ्वी शा, शिखर धवन र अजिन्का रहाणे शून्य रनमा आउट भएका हुन् । पृथ्वी र शिखरले दुईदुई बल खेले भने रहाणेले तीन बल खेले । तर, तीनैजना ब्याट्सम्यान बिना रन आउट भए । तेस्रो ओभरको पाँचौ बलमा दिल्लीका कप्तान श्रेयस ऐर आउट भए । उनले ८ बलमा तीन चौकाको मद्दतमा १२ रन बनाए । अहिले मार्कस स्टोइनिस र ऋषव पन्त ब्याटिङमा छन् । यो समाचार तयार पार्दासम्म २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले चार विकेटको क्षतिमा ३६ रन बनाएको छ ।

    मुम्बईका लागि टेन्ट बोल्ट र जसप्रीत ब्रुम्राहाले दुईदुई विकेट लिएका हुन् । पहिलो ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा २०० रन बनाएको थियो । मुम्बईका लागि इशान्त किसनले सर्वाधिक ५५ रन बनाए। उनले ३० बलमा तीन छक्का र चार चौका हाने । त्यसैगरी सूर्यकुमार यादवले ३८ बलमा ५१ रनको अर्धशतकीय इनिङस खेले । उनले दुई छक्का र ६ चौका प्रहार गरे ।

    यस्तै क्विन्टन डी ककले २५ बलमा ४० रन बनाए । दिल्लीका लागि रवीचन्द्र आश्विनले तीन विकेट लिए भने एनरिच नोर्टरेज र मार्कस स्टोइनिसले एकएक विकेट लिए ।

    पहिलो क्वालिफायरमा विजय हुने टिम सिधै फाइनल पुग्नेछ । दिल्लीको सुरुवाती ब्याटिङ इतिहासकै धराप बनेको छ ।

    सम्बन्धित खवर