फुटबल टोली ढाका प्रस्थान

फुटबल टोली ढाका प्रस्थान

  • , 2.4K जनाले हेर्नुभयो
  • 2.4K
    SHARES

  • फुटबल टोली ढाका प्रस्थान

    काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गरेको छ। बंगलादेशको निमन्त्रणामा नेपालले दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। नेपालले नोभेम्बर १३ र १७ मा बंगबन्धु स्टेडियममा बंगलादेशसँग मैत्रीपूर्ण

    फुटबल खेल्नेछ। नेपाली टोलीले एक साता क्वारेन्टाइनमा बसेर कोरोना परीक्षण गरेपछि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले बंगलादेशसँगको खेलका लागि दसैंलगत्तै अभ्यास सुरु गरेको थियो। बंगलादेश जाने नेपाली टोलीमा बन्द प्रशिक्षणमा रहेका २५ खेलाडी र नौ जना अफिसियल तथा पदाधिकारी रहेका छन्। चोटका कारण नेपाली टोलीका मुख्य खेलाडी रोहित चन्द टोलीमा समावेश छैनन्। नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्जप्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन्।

    टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन छन्। मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थित भएपछि एन्फाले प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनलाई दिएको हो। टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल छन्। नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

    विश्वकप छनोटअन्तर्गत एसियाली देशको समूह ‘बी’ मा रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग तीनवटा खेल खेल्न बाँकी छ। तर यसअघि कोरोनाका कारण स्थगित भएको छनोट खेलको नयाँ मिति तय भएको छैन। स्थगित भएको खेल दशरथ रंगशालामा हुनेछ। नेपालले यसअघि पाँच खेल खेलिसकेको छ। नेपालले यसअघि चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

    अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंकविहीन चाइनिज ताइपेई पुछारमा छ।

    सम्बन्धित खवर