पोखरा सहित गण्डकीमा थप दुई कोरोना संक्रमितको मृत्यु

पोखरा सहित गण्डकीमा थप दुई कोरोना संक्रमितको मृत्यु

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • पोखरा सहित गण्डकीमा थप दुई कोरोना संक्रमितको मृत्यु

    पोखरा सहित गण्डकीमा थप दुई कोरोना संक्रमितको मृत्यु
    कार्तिक २२ पोखरा ।  कोरोना  संक्रमणका कारण गण्डकी प्रदेशमा आज थप दुईजना व्यत्तिको मृत्यु भएको छ ।

    कास्कीको पोखरामहानगरपालिकाकी एक महिला  र नवलपुरका एक जना पुरुष गरि थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ  ।
    मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१७ की २९ वर्षिय एक महिला र नवलपुरको गैंडाकोट–१२ का ८२ वषिय एक संक्रमित पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ  ।
    गत कार्तिक १६ गते कोरोना संक्रमणको पुष्टि भएकी पोखरा–१७ की संक्रमित महिलाको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा शुक्रबार दिउँसो २ ः २३ बजे मृत्यु भएको हो  ।
    यस्तै कार्तिक ३ गते अस्पताल भर्ना भएका कावासोतीका अर्का एक ८२ वषिय पुरुषको भने १८ गते कोरोना संक्रमण पुष्टि भएकोमा शुक्रबार दिउँसो २ बजे उपचारकै क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
    उनमा आन्द्रा सम्बन्धि समस्या रहेको थियो ।
    योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय दुई पुगेको छ ।

    सम्बन्धित खवर