अस्पतालबाट हास्यकलाकार मनोज गजुरेलले लेख फेसबुक स्टाटस

अस्पतालबाट हास्यकलाकार मनोज गजुरेलले लेख फेसबुक स्टाटस

  • , 1.5K जनाले हेर्नुभयो
  • 1.5K
    SHARES

  • अस्पतालबाट हास्यकलाकार मनोज गजुरेलले लेख फेसबुक स्टाटस

    अस्पतालबाट हास्यकलाकार मनोज गजुरेलले लेख फेसबुक स्टाटस
      कार्तिक २२ पोखरा । कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

    शुक्रबार राति अस्पतालबाटै फेसबुकमा स्टाटस लेखेर उनले आफ्नो स्वास्थ्यमा निकै सुधार भएको बताएका हुन् ।

    गजुरेलले फेसबुकमा लेखेका छन ,‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ ।

    कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको थियो । उनलाई अक्सिजनको कमी भएको र फोक्सोमा सङ्क्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

    हास्यकलाकार गजुरेलले गएको १० गते आफू कोरोना सङ्क्रमित भएको फेसबुकमार्फत नै जानकारी गराएका थिए ।

    सम्बन्धित खवर