सुनसरी र दाङका दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी र दाङका दुई कोरोना संक्रमितको मृत्यु

  • , 2.6K जनाले हेर्नुभयो
  • 2.6K
    SHARES

  • सुनसरी र दाङका दुई कोरोना संक्रमितको मृत्यु

    सुनसरी र दाङका दुई कोरोना संक्रमितको मृत्यु
    कार्तिक २२ पोखरा ।
     कोरोना संक्रमणबाट दाङ र सुनसरीका थप दुई जनाको मृत्यु भएको छ ।

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
    मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी ६७ वर्षीया महिला रहेकी छिन् ।
    प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा १९ गते  कोरोना संक्रमण पुष्टि भएको थियो । डायबिटिज र मानसिक सम्बन्धी समस्या रहेको उनको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
    यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको पनि  भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको छ ।
    कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनको कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना गरिएकोमा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानका

    सम्बन्धित खवर