गोरखामा देउसी भैला नखेल्न प्रशासनको आग्रह

गोरखामा देउसी भैला नखेल्न प्रशासनको आग्रह

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • गोरखामा देउसी भैला नखेल्न प्रशासनको आग्रह

    गोरखामा देउसी भैला नखेल्न प्रशासनको आग्रह
    कार्तिक २१ गोरखा । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारको समयमा देउसी भौलो खेल्न प्रतिबन्ध गर्ने भएको छ ।
    कार्यालयले आज एक सूचना जारी गर्दै तिहारको समयमा खेलिने देउसी भैलो, नाचगान लगायतका कार्यक्रम नगर्न आग्रह गरेको हो ।
    प्रमुख जिल्ला अधिकारी देबि पाण्डे खत्रीले आफ्ना परिवारका सदस्यसंगमात्रै चाड पर्व मनाउन आग्रह गर्दै धार्मिक स्थल मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम नगर्न, प्रार्थना नगर्न, संगती गर्ने काम पनि नगर्न  अनुरोध गरेका छन ।
    खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य सुरक्षाका साथै मापदण्डको अनिवार्य पालना गन भनिएको छ ।
    कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    सम्बन्धित खवर