बरिष्ठ हास्यकलाकार मनोज गजुरेल आइसीयूमा

बरिष्ठ हास्यकलाकार मनोज गजुरेल आइसीयूमा

  • , 7K जनाले हेर्नुभयो
  • 7K
    SHARES

  • बरिष्ठ हास्यकलाकार मनोज गजुरेल आइसीयूमा

    बरिष्ठ हास्यकलाकार मनोज गजुरेल आइसीयूमा
    कार्तिक २१ पोखरा । कोरोना संक्रमण पुष्टि भएका बरिष्ठ हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्यमा फेरि अर्को समस्या देखा परेको छ ।

     बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका गजुरेललाई गत १० कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
    उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए ।
    तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उनले फेसबुकमा स्टाटस लेखेका थिए । आफूलाई पूर्ण सुधार नभएको र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको उनले जानकारी दिएका थिए ।
    अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ ।

    सम्बन्धित खवर