अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडेन जित नजिक

अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडेन जित नजिक

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडेन जित नजिक

    अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडेन जित नजिक
    कार्तिक २१ पोखरा । अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् ।

    दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा भएको छ । जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाएका छन् ।
     उनले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छ ।
    सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाएका थियो भने अहिले बाइडेनले ७ करोड २७ लाखभन्दा बढी मत पाएका छन् । केही राज्यमा मत गणना भैरहेको छ । फाइनल नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ ।
    राष्ट्रपतिका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् । पछिल्लो परिणाम अनुसार बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गरेका छन् । अमेरिकाका ५० राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।

    सम्बन्धित खवर