गण्डकीमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन  बढ्दै

गण्डकीमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन  बढ्दै

  • , 2.4K जनाले हेर्नुभयो
  • 2.4K
    SHARES

  • गण्डकीमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन  बढ्दै

    गण्डकीमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन  बढ्दै
    कार्तिक २१ पोखरा । शुक्रबार मध्याह्रन गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप ९३ जनमा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ५ जिल्लाका थप ९३ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।
    शुक्रबार मध्याह्रन ११ः५० सम्म निर्देशनालयले दुई चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।
    निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ८४  जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तनहुँमा ३ जना, लमजुङमा ३ जना,स्याङ्जामा २ जना र पर्वतमा १ जनामा संक्रमण देखिएको छ ।
    निर्देशनालयले बिहान ९ बजे पहिलो विज्ञप्ती माफर्त क्षयरोग उपचार केन्द्र पोखराबाट ३८ जनामा कोरोना पुष्टि भएको जनाएको थियो ।
    यस्तै दोस्रो लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको परिक्षणको विवरण मध्याह्रन ११ः५० बजे जारी गर्दै ४ जिल्लाका  थप ५२ जनामा  संक्रमण देखिएको जनाइएको छ ।
    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ३६ पुगेको छ ।

    सम्बन्धित खवर