पोखराका १०० सहित गण्डकीमा बिहानै थपिए १७८ जना कोरोना संक्रमित

पोखराका १०० सहित गण्डकीमा बिहानै थपिए १७८ जना कोरोना संक्रमित

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • पोखराका १०० सहित गण्डकीमा बिहानै थपिए १७८ जना कोरोना संक्रमित

    पोखराका १०० सहित गण्डकीमा बिहानै थपिए १७८ जना कोरोना संक्रमित
    कार्तिक २० पोखरा । विहिबार बिहान गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप एक सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ७ जिल्लाका थप एक सय ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।

    आज दिउँसो ११ः४५ बजेसम्म निर्देशनालयले तिन चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।

    निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा एक सय जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वमा ४७ जना, पर्वतमा १४ जना , तनहुँमा ११ जना र स्याङ्जा , लमजुङ र बाग्लुङमा २–२ जनामा संक्रमण देखिएको छ ।

    यससँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।


    सम्बन्धित खवर