पोखरा महानगरभित्रमात्रै १०० संक्रमित

पोखरा महानगरभित्रमात्रै १०० संक्रमित

  • , 2.6K जनाले हेर्नुभयो
  • 2.6K
    SHARES

  • पोखरा महानगरभित्रमात्रै १०० संक्रमित Fake blood is seen in test tubes labelled with the coronavirus (COVID-19) in this illustration taken March 17, 2020. REUTERS/Dado Ruvic/Illustration

    पोखरा महानगरपालिका कोरोनाको ‘हटस्पट’ बनेको छ । केहीदिनयता पोखरामा संक्रमण तीव्र रुपमा फैलिइरहेको छ ।
    बिहीबार दिउसो १२ बजेसम्मको अद्यावधिक विवरणमा पोखरा महानगरभित्रमात्रै १०० संक्रमित थपिएका छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग उपचार केन्द्रमा ५३ र लाइफ केयर डायग्नोेष्टिकमा ४७ गरी पोखरामा १०० संक्रमित थपिएका हुन् ।

    त्यसैगरी नवलपरासीपूर्वमा ४७, बाग्लुङमा दुई,पर्वतमा १४, स्याङ्जामा दुई ,लमजुङमा दुई र तनहुँमा ११ जना थपिएको निर्देशनालयले जनाएको छ । हालसम्मको अद्यावधिक विवरणमा गण्डकी प्रदेशमा १७८ संक्रमित थपिएका छन् ।

    सम्बन्धित खवर