अमेरिकी बाइडेनले राष्ट्रपति चुनाव जीत्ने निश्चित

अमेरिकी बाइडेनले राष्ट्रपति चुनाव जीत्ने निश्चित

  • , 1.9K जनाले हेर्नुभयो
  • 1.9K
    SHARES

  • अमेरिकी बाइडेनले राष्ट्रपति चुनाव जीत्ने निश्चित

    ब्याटलग्राउण्ड राज्य मिसिगनमा जो बाइडेनले जीतेका छन् । यो संगै बाइडेनले राष्ट्रपति चुनाव जीत्ने निश्चित भएको छ । अब बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत प्राप्त भएका छन् ।

    नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

    नेपाली समयअनुसार बिहीबार बिहान यो समाचार तयार पार्दासम्म उनले २६४ सिटमा जित निश्चित गरेका छन् ।

    उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन्।

    अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् । एरिजोना र नेभाडामा बाइडेन अगाडि छन् । रिपब्लिकन पकड रहेको जर्जिया अहिले ‘ब्याटलग्राउण्ड’रुपमा देखिएको छ। जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् । अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्।

    पेन्सेल्भेनिया नजिते पनि अब एरिजोनाका ११ र नेभाडाका ६ गरी बाइडेनलाई चुनाव जित्न १७ सिट पर्याप्त हुनेछन्।

    उता ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुनस् मतगणनाको माग राखेका छन् ।

    उनले आफूले हार व्यहोरेको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरी छानबिन गर्न पनि माग राखेका छन। उनले अदालतले जानेसमेत चेतावनी दिएका छन् ।

    दुबै पक्षले मत गणना जारी रहेका राज्यको परिणाम व्यग्रतापूर्वक कुरिरहेका छन् ।

    मिसिगन, विस्कोन्सन र पेन्सिलभेनियाको परिणाम आउन केही समय लाग्ने भएकाले अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्नेछ ।

    सबैभन्दा बढी इलेक्टोरल सिट रहेको टेक्सासमा भने ट्रम्पले जितेका छन्। टेक्सासमा ३८ इलेक्टोरल सिट छ। २९ सिट रहेको न्यूयोर्क भने बाइडेनले जितेका छन्।

    यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।

    अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि(दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

    अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

    अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३/३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

    त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९(२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०(२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

    फ्लोरिडा ९२९०, पेन्सिनभेनिया ९२००, मिसिगन ९१६०, जर्जिया ९१६०, नर्थक्यारोलिना ९१५०, मिनासोटा ९१०० र विस्कोन्सन ९१०० राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् ।

    अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

    जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आ(आफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।

    राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।

    अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

    डेमोक्र्याट्सको पकड रहेको नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त भएका मतपत्रहरु पनि गणना गरिनेछ । तर ती मतपत्रहरु चुनावको दिनसम्म पोष्ट मार्क गरिएको हुनुपर्नेछ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ ।

    त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ । त्यस्तै पेन्सिलभेनियामा हुलाकमार्फत प्राप्त मतहरु गणना भइरहेको छ ।

    सम्बन्धित खवर