भारतीय सेना प्रमुख आउँदा माइतीघरमा कालो झण्डा !

भारतीय सेना प्रमुख आउँदा माइतीघरमा कालो झण्डा !

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • भारतीय सेना प्रमुख आउँदा माइतीघरमा कालो झण्डा !

    काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आउँदा सांकेतिक विरोध गरिएको छ । नेपाल–भारत सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिएका नरवणेको नेपाल भ्रमणको

    विरोधमा माइतीघर मण्डलामा २१ वटा साना संघ, संगठनले कालो झण्डासहित प्रदर्शन गरेका छन् ।

    यसैगरी ग्रेटर नेपाल नेशनालिस्ट फोरमले ‘नेप्लिज हेट नरवणे, ब्याक अफ इन्डिया’ लेखेको ब्यानर सहित आकाशमा कालो बेलुन उडाएको छ ।

    कालो बेलुन कुन ठाउँबाट उडाइएको थियो भन्ने चाहिँ खुल्न सकेको छैन ।

    प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल सहितका समूहले विरोध गर्नसक्ने विष्लेषणसहित उनीहरुलाई निगरानी गरिरहेको थियो ।

    माइतीघरमा हुने आन्दोलनमा बारम्बार देखिने हेमराज थापा, ज्ञानेन्द्र शाही र फणिन्द्र नेपाललाई नरवणेको भ्रमण अवधिभर निगरानीमा राखिएको नेपाल प्रहरीका एक उच्च अधिकृतले बताए ।

     

    यसैगरी नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका पुण्य गौतलाई प्रहरीले बिहानै पक्रेको छ ।

    सम्बन्धित खवर