पोखराका ६९ जना सहित गण्डकीमा थपिए ७५ संक्रमित

पोखराका ६९ जना सहित गण्डकीमा थपिए ७५ संक्रमित

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • पोखराका ६९ जना सहित गण्डकीमा थपिए ७५ संक्रमित

    पोखराका ६९ जना सहित गण्डकीमा थपिए ७५ संक्रमित
     कार्तिक १९ पोखरा । पोखराका ६९ सहित गण्डकी प्रदेशका थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
    लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमनुना परिक्षणमा पोखराका विभिन्न वडाका ६९ जना, स्याङजाका ४ जना र तनहुँका ३ जनामा कोरोना संक्रमण देखिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
    निर्देशनालयका अनुुसार संक्रमितहरु १, २, ४, ५, ६, ७ ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८, १९, २५, २७, २८ र ३३ वडाका हुन् । यस्तै एक जनाको वडा खुलाइएको छैन् ।
    यस्तै आज नै स्याङ्जको पुतलीबजार, अर्जुनचौपारी, आधिखोलाका ४ जना, तनहुँको ब्यासका २ जनामा पनि संक्रमण पाइएको छ ।
    यस अघि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा गरिएको परिक्षणमा तनहुँ, लमजुङ, नवलपुर वर्दघाट सुस्ता पूर्वका एक–एक जना र स्याङ्जाका दुई जनामा पनि आजनै संक्रमण पुष्टि भएको थियो ।
    यस्तै निर्देशनालयद्वारा दोस्रो पटक जारी विज्ञप्तीमा प्रदेशका ४ जिल्लाका थप २२ जना संक्रमित भएका थिए । जसमध्य नवलपुरका १७ , गोरखाका ३, लमजुङ र तनहँुका एक–एक जना रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा स्वाव परिक्षण भएको थियो ।
    यो संगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ हजार १०४ पुगेको छ । बुधबार मात्रै हालसम्म थप एक सय ४ जना संक्रमित थपिएका छन् ।


    सम्बन्धित खवर