भारतीय पत्रकार अर्नब गोस्वामी प्रहरी हिरासतमा

भारतीय पत्रकार अर्नब गोस्वामी प्रहरी हिरासतमा

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • भारतीय पत्रकार अर्नब गोस्वामी प्रहरी हिरासतमा

    भारतीय पत्रकार अर्नब गोस्वामी प्रहरी हिरासतमा
    कार्तिक १९ पोखरा । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
    टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी दिएको छैन । साथै उनलाई कुन मामिलामा अनुसन्धानको लागि हिरासतमा लिइएको भन्ने पनि स्पष्ट पारेको छैन ।
    गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
    रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ ।
    गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

    सम्बन्धित खवर