उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • , 2K जनाले हेर्नुभयो
  • 2K
    SHARES

  • उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    कार्तिक  १९ पोखरा । आज देशका उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

    विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
    पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी  भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।
    देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ । काठमाण्डौ सहित केही पहाडी क्षेत्रमा बिहान लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना छ । तर निरन्तर घाम लाग्ने सम्भावना भने छैन । एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने छ ।  भोलि र पर्सिको मौसम पनि यस्तै नै रहने मौसमविद् श्रेष्ठले बताए ।

    सम्बन्धित खवर