सुकुम्बासीलाई व्यवस्थापन गर्न माग गर्दै

सुकुम्बासीलाई व्यवस्थापन गर्न माग गर्दै

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • सुकुम्बासीलाई व्यवस्थापन गर्न माग गर्दै

    धरान, कात्तिक १९ । संघ, प्रदेश र स्थानीय तीन वटै तहका सरकार बनेको वर्षौ वितिसक्दा पनि अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरुलाई व्यवस्थापन नगरेका कारण धरानका सुकुम्बासीहरु अधिकार प्राप्तिका लागि संगठित भएका छन् ।
    सुकुम्बासी नेता नरेन्द्र प्रसाद राईको अगुवाईमा धरान वडा नं. १७ का ५० वटा भन्दा बढि टोलमा हजारौं सुकुम्बासीहरु नेपाल भूमिहीन सुकुम्बासी संगठनमा आवद्ध भएका छन् । संगठनका १ नम्बर प्रदेश अध्यक्ष समेत रहेका धरान उपमहानगर कमिटिका अध्यक्ष नरेन्द्र प्रसाद राईले भूमिहीन सुकुम्बासीका लागि घर नम्बर प्रदान गरी स्थायी धनिपुर्जाको लागि सरकारले आश्वसन दिए पनि हालसम्म उक्त प्रक्रिया अगाडी नबढाएकोले सरकारलाई दबाब दिन र सुकुम्बासीहरुलाई अधिकार प्राप्तिका लागि संगठित बनाउन धरान १७ बाट अभियान शुरु गरिएको बताए ।
    कार्तिक १५ गते धरान १७ पट्नालीमा भएको १७ नं. वडा भेलाले जगतबहादुर श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन भएको संगठनका वडा इन्चार्ज जित बहादुर घिसिङले जानकारी दिएका छन् । संगठनका नगर अध्यक्ष नरेन्द्र प्रसाद राईको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा नेकपा धरान १७ का वडा इन्चार्ज जीवन भट्टराई र नेकपा धरान १७ का सह–इन्चार्ज युवराज विष्ट विशिष्ट अतिथि रहेका थिए ।
    नेपाल भूमिहीन सुकुम्बासी संगठन धरान १७ को अध्यक्षमा जगत बहादुर श्रेष्ठ, उपाध्यक्ष सन्देश राई, सचिव लक्ष्मण राई, उप–सचिव ः एलिना कार्की र कोषाध्यक्षमा टंक राई चयन भएका छन् ।
    त्यसैगरी संगठनको वडा सदस्यहरुमा पञ्च खालिङ राई, प्रताप तामाङ, मुना परियार, विन्दा कुमारी विश्वकर्मा, गंगाबहादुर दाहाल, सुदिप दर्नाल, पञ्चबहादुर लिम्बू, दिल कुमारी राई, होमा रेग्मी, पूर्ण कुमारी राई, हर्क प्रसाद तुम्रोक, हिरा राउत, भिम कुमार राई, माया बस्नेत, मुना मगर, काजी खत्री, इश्वर तामाङ, सरिता काकी, विनोद शाक्य, बद्री राई, अम्बिका लामा, ज्ञानबहादुर भुजेल, प्रेम तामाङ, मेरिना गुरुङ र अर्जुन विश्वकर्मा चयन भएका छन भने संगठनको सल्लाहकारमा टेकबहादुर प्रधान रहेका छन् ।
    नेपाल भूमिहीन सुकुम्बासी संगठन धरान १७ ले सुकुम्बासी समस्या समाधानका लागि घर नम्बर, धनिपूर्जा लगायतका विषयमा छलफलका लागि धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी सुवेदी र अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्बासी व्यवस्थापन समिति धरान उपमहानगरपालिकाका संयोजक श्री हिरादेवी राईलाई उपस्थित गराई वडाका विभिन्न स्थानमा छलफल गराउने तयारी गरेको छ ।
    संगठनका वडा अध्यक्ष जगतबहादुर श्रेष्ठका अनुसार कात्तिक २२ गते साउने टोल सामुदायिक भवनमा विहान ११ बजे बृहत भेला गरिने छ । त्यस्तै मंसिर ६ गते शान्तिटोल बाल विकास केन्द्र भवनमा, मंसिर १३ गते नमस्ते चौक सामुदायिक भवनमा, मंसिर २० गते दिपेन्द्र स्मृति विद्यालय भवन फोक्लेन टापुमा र मंसिर २७ गते ज्वालामुखी माध्यामिक विद्यालय भवन पट्नालीमा सामाजिक दुरी कायम गरी विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गरी कार्यक्रमको आयोजना गरिएको छ ।

    सम्बन्धित खवर