सगरमाथाको नयाँ उचाइ घोषणाको तयारी तिव्र

सगरमाथाको नयाँ उचाइ घोषणाको तयारी तिव्र

  • , 11.7K जनाले हेर्नुभयो
  • 11.7K
    SHARES

  • सगरमाथाको नयाँ उचाइ घोषणाको तयारी तिव्र

    सगरमाथाको नयाँ उचाइ घोषणाको तयारी तिव्र
    कार्तिक १५ पोखरा । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
    सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम भैसकेका छन् ।
    एक महिनाभित्रमा नै सगरमाथाको उचाइ घोषणा गर्ने गरी तयारी भइरहेको नापी विभागले जनाएको छ ।
    मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भैरहेको छ । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो ।
    अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर हो  । २०७२ सालमा गएको भूकम्प लगायत अन्य कारणले समेत उचाइमा केही कमबेसी हुन सक्ने भएकाले सगरमाथाको पुनः मापन शुरु गरिएको हो ।

    सम्बन्धित खवर