२४ घण्टामा नेपालमा ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • २४ घण्टामा नेपालमा ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

    यो सँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । जसमध्ये १ लाख २ हजार ८२० जना निको भएका छन् । यस्तै आज थपिएका संक्रमितमध्ये १ हजार ५५२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना नयाँ संक्रमित थपिए ।

    सम्बन्धित खवर