चितवनमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु

चितवनमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • चितवनमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु

    चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।

    निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    सम्बन्धित खवर