मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

    मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को अनुहार निकै नै मलिन भइसकेको थियो । खासमा हामी त्यही मलिन अनुहारलाई सान्त्वना दिँदै भाइरस विरुद्धको लडाईंमा सहयोगी बन्न आएका हौं । औषधि पत्ता नलागेको यस रोगको उपचार विधि खानपीनमा सीमित रहेकाले रुटिङ अनुसारको भिटामिनजन्य खाना तयार गर्ने र खुवाउनेमा हामी केन्द्रीत भयौं । यसवीचमा बाबुलाई ज्वरो नियन्त्रणमा आएको छ भने ममी–बुवा अझै सीटामोलको साहारामा ज्वरोसँग भिड्दै हुनुहुन्छ । तोकिएको समयभन्दा डेढ घण्टा अबेर गरेर आइपुगे स्वास्थ्यकर्मी । ६८ जनाको लाइनमा पछाडि रहनुभएको बुवाको ज्वरोको पारो चढ्दो थियो । अनुहारमा सिथिलता ह्वात्तै बढेको देख्न सकिन्थ्यो । हात खुटटा काप्न थालेका थिए । तर, विरामीका सहयोगीलाई टाढा बस्न भनिएको थियो बाबुलाई कोरोना पोजेटिभ देखिएपछि उस्तै लक्षण रहेका ममी–बुवालाई पनि सोही भाइरसले नै पकडेको लख काटियो । त्यही भएर सुरुमा नै पीसीआर टेस्ट गरिएन । किनभने पोजेटिभ देखिएपनि अस्पताल नआउन र घरमा नै आइसोलेसनमा बस्न यसअघि नै सरकारले उर्दी छरिसकेको थियो । औषधि छैन । अस्पताल नआउनु भनेपछि टेस्ट गर्नुको अर्थ के ? धेरैले गर्ने यस प्रश्नमा हाम्रो पनि सहमती भयो । तर, ज्वरोले गाल्दै लगेपछि २ कार्तिकमा बुवाको पीसीआर टेस्ट गर्ने निर्णय भयो । र, बाबुले भनसुन गरेर नाम टिपाइस्यो । नाम टिपाउनु पनि निकै ठूलो कुरो रहेछ, यहाँ । बुवालाई पीसीआर टेस्ट गर्न निर्धारित समयमा नै पुर्याईयो । १२ दिनसम्म ज्वरो आएर कमजोर हुनुभएको बुवाको हातखुट्टा कामीरहेका थिए । टन्टलापुर घामले इटहरी रंगशाला बल्न लागेझै लाग्थ्यो । पीसीआर टेस्ट गर्न बोलाईएका विरामीकालागि त्यहाँ कुनै कोठा, हल वा कुर्सी त टाढाको कुरा टुसुक्क बस्ने अवस्था पनि थिएन । घाम छल्ने एउटा रुख समेत थिएन । तोकिएको समयभन्दा डेढ घण्टा अबेर गरेर आइपुगे स्वास्थ्यकर्मी । ६८ जनाको लाइनमा पछाडि रहनुभएको बुवाको ज्वरोको पारो चढ्दो थियो । अनुहारमा सिथिलता ह्वात्तै बढेको देख्न सकिन्थ्यो । हात खुटटा काप्न थालेका थिए । तर, विरामीका सहयोगीलाई टाढा बस्न भनिएको थियो । अक्सिजनको गति घट्दो भएपछि बुवालाई अस्पताल लानुपर्ने निश्कर्षकासाथ बेडको खोजी सुरु भयो, अस्पतालमा । तर, धरान, विराटनगरका कुनै पनि अस्पताल खाली नरहेको जानकारीमा आयो पीसीआर टेस्ट गर्न तोकिएको समयभन्दा निकै नै ढिला आएका स्वास्थ्यकर्मी तथा ब्यवस्थापक भनिनेहरुहरुको झर्कोफर्कोको कुरा अहिले नगरौं । तर, त्यहाँ उपस्थित आम विरामीहरुको टाउको भने ढिला सुस्ती र उनीहरुको चिसो ब्यवहारले झनै तताईरहेको थियो । बुवा अझै मलिन हुँदै जानु भएको थियो । स्वासप्रस्वास बढ्दो थियो । हामी डराउन थालेका थियौं । बल्ल बल्ल पालो आयो । दुई दिन पछि रिपोर्ट आउने सूचना लिएर हतार–हतार घर आयौं । घर आएर थर्मामिटर र अस्सोमिटर लगाउँदा ज्वरो पहिलाभन्दा उच्चबिन्दुमा पुगेको र अक्सिजन घटेर ७५ मा आइपुगेको रहेछ । स्वासप्रस्वासको गति बढी रहेको थियो । कहिल्यै नकामेका बुवाका हात खुट्टा कमाइको गति बढिरहेको थियो । अक्सिजनको गति घट्दो भएपछि बुवालाई अस्पताल लानुपर्ने निश्कर्षकासाथ बेडको खोजी सुरु भयो, अस्पतालमा । तर, धरान, विराटनगरका कुनै पनि अस्पताल खाली नरहेको जानकारीमा आयो । इटहरीका एकजना विरामीले बुटबलको एक अस्पतालमा खाली रहेको एउटा भेन्टिलेटर भेटेको र, विरामीलाई उतै कुदाएको समाचार सुनियो । अस्पतालको अवस्था यस्तो भएपछि बुवालाई घरमा नै उपचार गरेर राख्न बाध्य भएका छौं । कोभिड १९का सम्बन्धमा सरकारले अर्को कीर्तिमानी निर्णय हिजै मात्र गरेछ । निर्णयानुसार कोरोनाका विरामीलाई ‘सवैखाले सहयोग बन्द गरिने’ भएछ । नागरिकवाट बीमा बापतको रकम असुल्न दिने तर बिमितलाई तोकिएको सुविधा नदिने खुल्लम खुल्ला निर्णयमा मौन बस्ने पनि अघोषित निर्णय भएछ । पीसीआर टेस्ट आफैं गर्नुपर्ने र उपचार पनि आफैं गर्नुपर्ने निर्णय गरेर हाइसन्चोमा बस्ने अर्को युगान्तकारी कदम पनि चाल्ने निर्णय भएछ । यस्तोलाग्छ, नागरिकको जीवनरक्षा, कर्तब्यबोध, सुशासन र विकास–निर्माण वाहेक सवै काम गरिरहेको छ, सरकार । संसारका सवैजसो देश अहिले कोरोना विरुद्धको लडाइलाई पहिलो प्राथमिकतामा राखेर क्रियाशील छन् । नागरिकको जीवन रक्षाको प्रश्न उनीहरुकालागि सवैभन्दा महत्वपूर्ण छ ।source.rajdhanidaily

    सम्बन्धित खवर