कल्पना मुडवरी पौडेललाई चितवन ल्याएको आरोपमा एम्बुलेन्स संस्था कारबाहीमा

कल्पना मुडवरी पौडेललाई चितवन ल्याएको आरोपमा एम्बुलेन्स संस्था कारबाहीमा

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • कल्पना मुडवरी पौडेललाई चितवन ल्याएको आरोपमा एम्बुलेन्स संस्था कारबाहीमा

    गोंगबु हत्या प्रकरणका मूख्य अभियुक्त कल्पना मुडवरी पौडेललाई चितवन ल्याएको आरोपमा एम्बुलेन्स संस्था कारबाहीमा परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले संस्थाबाट सञ्चालित एम्बुलेन्सले कानुन विपरीत पौडेललाई ल्याएको भन्दै कालिका नगरपालिका २ मा रहेको स्वःरामप्रसाद तिमल्सिना स्मृति समाजको दर्ता खारेज गरेको हो ।

    कार्यालयका सूचना अधिकारी इश्वर सिंखडाका अनुसार सो संस्थाबाट सञ्चालित ना५च१९८७नम्बरको एम्बुलेन्सले पौडेललाई यात्रु सरह ६हजार रुपैयाँमा चितवन ल्याएको थियो । यसरी आफ्नो उदेश्य प्रतिकुल हुने गरी काम गरेकाले संस्था गरिएको सिंखडाले जानकारी दिए ।साउन २५ गते बेलुकी बिरामी लिएर काठमाडौँ गएको एम्बुलेन्सबाट पौडेल चितवन आएकी थिईन् ।

    एम्बुलेन्सको सम्बन्धमा एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ बमोजिम कारबार्ही गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई प्रशासनले पत्र लेखेको छ । एम्बुलेन्स चालक रमेश भन्ने उमाकान्त तिमिल्सिना रहेका थिए । तर, चालकको कारबार्ही बारे प्रशासन बोलेको छैन । ‘चालकलाई बेग्लै प्रहरीले अनुसन्धान गरेर कारबाही गर्छ, त्यो अर्कै पाटोमा चलिरहेको होला,’ सिंखडाले भने, ‘हामीले चाहिँ हाम्रोमा दर्ता भएको संस्था खारेज गरेको हो ।’

    दाङका कृष्णबहादुर बोहोराको हत्या गरि एम्बुलेन्स मार्फत कल्पना चितवन आएकी थिईन । उनलाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो

    सम्बन्धित खवर