असई गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ

असई गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • असई गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ

    धनबहादुर बिक – आईतबार कार्तिक २
    कैलाली ।धनगढी उपमहानगरपालिका १२
    जुगेडामा कार्यरत असई गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन ।
    कंचनपुरको पुनर्बास नगरपालिका ८ ‘ख’ गाउँ स्थायी घर भएका २८ बर्षिय बिकको हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै कंचनपुरबाट पुगेका आफन्त र स्थानीयहरुके जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका छन ।डिउटीको सिलसिलामा शनिबार राती देखि बेपता बिकको भोलिपल्ट आइतबार धारिलो हतियारले घाटी काटिएको अवस्थामा धनगढी उपमहानगरपालिका १० स्थित मोहना खोलामा डुबेको अवस्थामा शव फेला परेको छ ।
    घटना संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । असइ संगै गएका प्रहरी जवान राम बहादुर साँउदको भने अझैसम्म केहि पत्ता लाग्न सकेको छैन ।source.thahaonline.com

    सम्बन्धित खवर