बञ्चरो प्रहार गरी साथीको हत्या गरेको आरोपमा झापामा एक जना पक्राउ

बञ्चरो प्रहार गरी साथीको हत्या गरेको आरोपमा झापामा एक जना पक्राउ

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • बञ्चरो प्रहार गरी साथीको हत्या गरेको आरोपमा झापामा एक जना पक्राउ

    बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्।

    इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गरेका हुन्।

    बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

    ‘युवाको शव हत्या गरेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो’, प्रमुख कोइरालाले भने ‘सोही दिन अभियुक्तलाई पक्राउ गर्‌यौँ।’

    शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति साढे नौ बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतक र अभियुक्त दुवै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित खवर