बैतडीमा गाउँपालिकाको केन्द्र सार्ने विषय भयो कुटपिट बग्यो रगतको खोला

बैतडीमा गाउँपालिकाको केन्द्र सार्ने विषय भयो कुटपिट बग्यो रगतको खोला

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • बैतडीमा गाउँपालिकाको केन्द्र सार्ने विषय भयो कुटपिट बग्यो रगतको खोला

    बैतडीमा गाउँपालिकाको केन्द्र सार्ने विषय चरमउत्कर्षमा पुगेको छ । जिल्लाको सुर्नया गाउँपालिकाको केन्द्रका विषयमा भएको विवाद बुधबार साँझ कुटपिटमा परिणत भएको छ । प्रहरीका अनुसार उक्त घटनामा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट सहित ५ जना प्रहरी घाइते भएका छन । तर स्थानीयले भने झडपमा परी अध्यक्ष बिष्ट सहित ५ जना प्रहरी, ६ जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसँग रहेका व्यक्ति गरेर १४ जना घाइते भएको बताएका छन । अहिले अध्यक्ष विष्ट उपचारका लागि घनगढी आएका छन् । गाउँपालिकाको माहोल शान्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार अहिले गाउँपालिकामा प्रहरी निरीक्षक धनदेव साउँदको नेतृत्वमा प्रहरी टोली खटिएको छ भने सशस्त्र प्रहरीको टोली पनि पुगेको छ । साथै उनले घटना घटाउनेहरुको खोजी भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइ कारवाही गरिने बताएका छन् । ‘अहिले प्रहरीको टोलीले गाउँपालिकामा अनुसन्धान गरिरहेको छ। दोषीलाई कानुनी दायरामा ल्याइने छ’ उनले भने । देशमा स्थानीय तह आइसकेपछि सुर्नया गाउँपालिकाको वडा नम्बर ५ स्थित रौलेश्वरको कठ्यागौँडमा अस्थायी केन्द्र तोकेर कार्यसम्पादन भइरहेको थियो । त्यसपछि २०७६ पुष ६ गतेको कार्यपालिका बैठकले गाउँपालिका केन्द्रलाई वडा नम्बर ५ कै पविता भन्ने स्थानमा राख्ने निर्णय गरेको थियो । तर उक्त सर्वसम्मत पारित भएको निर्णयको कठ्यागौँडावासीले विरोध जनाएका थिए । असन्तुष्ट पक्षले संघर्ष समिति बनाएर विभिन्न समयमा विरोधका कार्यक्रम आयोजना गर्दै आएको थियो । कठ्यागौँडामै केन्द्र कायम गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो । उक्त रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्न बाँकी रहेका बेला कार्यपालिका बैठकबाट निर्णय गरी केन्द्र सार्न खोजेको भन्दै असोज २६ गते गाउँपालिकाको केन्द्र संघर्ष समितिले कार्यालयमा तालाबन्दी गरेको थियो । सर्वोच्च अदालतमा गाउँपालिकाको केन्द्र सार्ने र भवन निर्माण गर्ने निर्णय विरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेपनि त्यसलाई प्रभावित हुनेगरी केन्द्र सार्न खोजेपछि गाउँपालिकाको कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको संघर्ष समितिका सदस्य नरेन्द्र मडैले बताए

    सम्बन्धित खवर