धनकुटामा बलात्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले गरिन हत्या

धनकुटामा बलात्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले गरिन हत्या

  • , 9.5K जनाले हेर्नुभयो
  • 9.5K
    SHARES

  • धनकुटामा बलात्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले गरिन हत्या

    धनकुटा । बलात्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले हत्या गरेकी छन् ।

    धनकुटाको महालक्ष्मी नगरपालिका-०१ स्थित आफ्नै घरमा सुतेकी ३० वर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । धनकुटा प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक गोबिन्द अधिकारीका अनुसार स्थानीय लीलबहादुरले कमलालाई घरमा सुतेको अवस्थामा बलात्कार प्रयास गर्दा खुकुरी प्रहारबाट मृत्यु भएको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा कमला राती घरमा सुतिरहेको अवस्थामा लीलबहादुरले ढोका ढकढक्याएका थिए ।  ढोका नखोलेपछि चुक्कुल फुस्क्याएर घरभित्र गई बलात्कार प्रयास गर्दा कमलाले प्रतिकार गर्न खुकुरी प्रहार गरेकी थिइन् । त्यसपछि उनको टाउकोमा गम्भीर चोट लागेको थियो । बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा उनको शव फेला परेको हो ।

    अहिले मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर