वडाध्यक्ष कार्किले आफ्नो ‘पावर देखाउन’सुकुम्बासी बस्तिमा डोजर लगाएर

वडाध्यक्ष कार्किले आफ्नो ‘पावर देखाउन’सुकुम्बासी बस्तिमा डोजर लगाएर

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • वडाध्यक्ष कार्किले  आफ्नो ‘पावर देखाउन’सुकुम्बासी बस्तिमा डोजर लगाएर

    नेपालगञ्ज नगर क्षेत्रभित्र दशकौंदेखि सुकुम्वासी बस्तीमा आश्रय लिंदै आएका गरिब परिवारको घरमा स्थानीय सरकारले डोजर लगाएको छ । पी’डित परिवारका अनुसार, छिमेकीलाई बाटो दिलाउने विषयमा चलेको विवादमा वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नो ‘पावर देखाउन’ डोजर लगाएर स्वार्थ सिद्ध गरिएको हो। यसले छिमेकीबीच क’टु’ता पनि बढेको छ

    सुकुम्बासी वस्तीमा छिमेकी छब्बन मनियारको घरका लागि बाटो दिने क्रममा उत्पन्न विवादमा अनु’चित रकम माग गरेका वडाध्यक्ष कृष्ण कार्कीले रकम दिन नसक्ने बताएपछि ‘पावर देखाइदिने’ ध’म्की दिएको पी’डित परिवारको दावी छ । अनु’चित रकम समेत माग गरेको दावी रज्जा मनिहारको छ । यसबारे कार्कीको धारणा बुझ्न पत्रकारको सम्पर्क प्रयास सफल हुन सकेन।

    दुई साताअघि नेपालगन्ज उपमहानगरपालिकाको द’लब’लसहित वडाध्यक्ष कार्की सुकुम्बासीका झुपडीमा पुग्दा महिलाहरुमात्रै रहेकाले प्रति’वाद गर्न सकेनन् । ‘कम्तिमा केही समय त दिनुपथ्र्यो नि’, साहिर अली मनिहारले भने, ‘निकै उ’ग्र रुपमा आएका उनीहरुले घरका दुई झुपडीलाई डोजर लगाए ।’

    त्यो बेला आफु रु’नु करा’उनु बाहेक केही गर्न नसकेको दुखेसो सुनाउँदै रज्जा अली मनिहारको भनाइ थियो, ‘रकम दिन नमानेकै कारण हाम्रो घर भत्काइएको हो ।’

    सम्बन्धित खवर