ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी

ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी

  • , 18.6K जनाले हेर्नुभयो
  • 18.6K
    SHARES

  • ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी
    चितवन। ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।

    नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रु ११० हाराहारीमा बिक्री हुने गरेको छ । जसको लागत मूल्य प्रतिकिलो रु २०५ रहेको उहाँको भनाइ छ । कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रु ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् ।

    तयारी मासु प्रतिकिलो रु १७५ मा समेत बिक्री हुने गरेको छ । चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ । धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन् ।

    पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताउनुभयो । देशभर एक सयदेखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले रु ६५ तिरेका थिए । सरदर प्रतिकिलो रु ३० को दाना खुवाएको उहाँले जानकारी दिनुभयो ।

    source- chitwanonline

     

    सम्बन्धित खवर