पूर्वी चितवनमा जुवातास खेलिरहेका ५ जनालाइ प्रहरीले पक्राउ

पूर्वी चितवनमा जुवातास खेलिरहेका ५ जनालाइ प्रहरीले पक्राउ

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • पूर्वी चितवनमा जुवातास खेलिरहेका ५ जनालाइ प्रहरीले पक्राउ

    चितवन। पूर्वी चितवनको कालिका नगरपालिकामा कटेजमा जुवातास खेलिरहेका ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नं. ४ स्थित ग्रिन टप कटेजमा एक आपसमा वाजी थापी/थाप्न लगाई हारजित हुनेगरी जुवातास खेलि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

    प्रहरीले जुवाडे संगै नगद रु २ लाख २९ हजार ७ सय ८० रुपैया बरामद गरेको छ। पक्राउ पर्नेहरुमा कालिका नगरपालिका ४ बस्ने ३७ बर्षीय बल बहादुर नेपाली, ३५ बर्षीय हरीराम लामा, ४० बर्षीय कुमार चौधरी, ३८ बर्षीय हरि जिसी र ३८ बर्षीय नवराज परियार छन्। उनीहरुलाई जुवा कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले पछिल्लो समय पूर्वी चितवनमा हुने अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न बिशेष योजनाका साह काम गरिरहनु भएको छ।

    सम्बन्धित खवर