को हुन् १४ वर्षीया बालिकालाई पैसा दिएर बलात्कार गर्ने प्रहरी असई ?

को हुन् १४ वर्षीया बालिकालाई पैसा दिएर बलात्कार गर्ने प्रहरी असई ?

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • को हुन् १४ वर्षीया बालिकालाई पैसा दिएर बलात्कार गर्ने प्रहरी असई ?

    पाँचथर । बालिका बलात्कार गरेको आरोप प्रहरीका असई नै पक्राउ परेपछि स्थानीय झनै त्रसित बनेका छन् । पाँचथरको नवमीडाँडा प्रहरी चौकीका इन्चार्ज असई बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेपछि स्थानीयमा त्रास सिर्जना भएको हो ।

    १४ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको अभियोगमा असर्इ बलबहादुर ठटाल ठटाल पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै रक्षक नै भक्षक भएको भन्दै स्थानीय त्रसित बनेका हुन् ।

    आफ्नै कार्यक्षेत्रकी बालिकालाई ५ सय रुपैयाँ दिएर पटक पटक बलात्कार गरेर गर्भवती बनाएपछि घटना सार्वजनिक भएको थियो । उक्त रहस्य बाहिरिएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरले असर्इ ठटाललाई पक्राउ गरेको हो ।

    कमजोर देखिँदै गएकी छोरीले खाना खाने बित्तिकै बान्ता गर्न थालेपछि शंका भएर सोधपुछ गर्दा गत पुष महिनामा पहिलो पटक असर्इ ठटालले आफुलाई जवरजस्ती करणी गरी पाँचसय रुपैयाँ दिएर फकाएको बताएपछि गर्भवती भएको शंका लागेको पीडितका बुबाले बताएका छन् ।

    “छोरीले त्यस्तो बताएपछि बालिकाकी आमाले असर्इलाई घरमा बोलाएर सोधपुछ गर्न थालेपछि हल्ला नगर्नु, भोली सदरमुकाम गएर उपचार गर्नुपर्छ भन्दै एक हजार रुपैयाँ थमाए ।” पीडितका बाबुले भने ।

    एकपटक बलात्कार गरेर पाँचसय रुपैयाँ दिएपछि असइले पटक पटक करणी गरेको पीडित बालिकोको भनाई छ । त्यसपछि छोरी र आफुलाई हल्ला नगरी मोटरसाइकलमा बस भनेर चोरबाटो हुँदै फिदिम ल्याएर बसपार्कको एउटा होटलमा एकरातसम्म राखेको उनको आरोप छ ।

    सोमबार होटलमै बसेका असई असइ ठटाल पीडित र उनका पितालाई लिएर गर्भपतन गराउन मंगलवार १० वजे पाँचथर अस्पताल पुगेका थिए । त्यसअगावै असर्इको पोल जिल्ला प्रहरी कार्यालय पाँचथरमा आइपुगेकाले पीडितलाई गर्भपतन कक्षमा प्रवेश गराउनु पुर्व नै साँदा पोशाकमा खटिएका प्रहरीले ठटाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख बामदेब गौतम जानकारी दिए ।

    पक्राउ परेका ठटाललाई हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रमुख गौतमले बताए । साथै पीडित बालिकालाई उपचारका लागि चिकित्सकको निगरानीमा राखिएको छ ।

    सुरक्षा प्रदान गर्ने प्रहरीनै बलात्कारको घटनामा संलग्न रहेपछि स्थानीयले आफुहरुका छोरी चेलीको सुरक्षाको माग गरेका छन् । ‘प्रहरीको नै हाम्रा छोरी चेलीमाथि कुदृष्टि लाग्दो रहेछ । अब अरुलाई पनि कसरी बचाउँने भन्ने चिन्ता बढ्यो’ एक स्थानीयले भने ।

    तस्बिरः सुमन राईको फेसबुकबाट

    सम्बन्धित खवर