नन्दिमाया बयम्बुलाई नवलपुर एफ एफले संकलित सहयोग रकम हस्तान्तरण

नन्दिमाया बयम्बुलाई नवलपुर एफ एफले संकलित सहयोग रकम हस्तान्तरण

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • नन्दिमाया बयम्बुलाई नवलपुर एफ एफले संकलित सहयोग रकम हस्तान्तरण

    पुरानो छालाको रोग दादबाट पिडित कावासोती १३ मा बस्ने नन्दिमाया बयम्बुलाई नवलपुर एफ एफले संकलित सहयोग रकम हस्तान्तरण गरेको छ।

    केहिदिन अगाडि बयम्बुको आर्थिक अवस्था कमजोर रहेको, श्रीमानले अर्कै बिहे गरेर बिदेशमा बसेको र उपचारका लागि पैसा नभएको लगाएतका विषयलाई लिएर एफ एमले भिडियो निर्माण गरी सार्बजनिक गरेको थियो। उक्त भिडियोलाई लाखौं दर्शकले हेरिसकेपछी देश बिदेशबाट सहयोग आउने क्रम जारी रहेको छ।

    अहिलेसम्म नेपाल ,अस्ट्रेलिया, भारत, यु।ए।ई। बाट प्राप्त भएको सहयोगलाई आज एफ।एम।का प्रबन्ध निर्देशक मुना दाहलले बयम्बुलाई हस्तान्तरण गर्नुभएको हो।

    आज नै बयम्बुको उपचारका लागि कावासोतीको नवलपुर अस्पतालमा आउनुभएका भरतपुर अस्पतालका छाला यौन तथा कुष्टरोग विशेषज्ञ  डाक्टर उमेस थापालाई परिक्षण गराएर उहाँको उपचार शुरु समेत गरिएको छ।सोहीक्रममा डाक्टरद्वारा लेखिएको सम्पुर्ण औषधिको खर्च व्यवस्थापनको जिम्मा स्वास्थकर्मी एवं सामजसेवी मना काफ्लेले लिनुभएको छ।

    सम्बन्धित खवर