कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा

कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • कोरोना  संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा

    असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

    चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् । अनलाइन खबर बाट

    सम्बन्धित खवर