प्रेम यौन होइन यस्तो व्यक्तिसँग विवाह गर्नुहोस् जसले तपाईंलाई माया गर्छ, तपाईंलाई सम्मान गर्छ पूरा पढनुहोस

प्रेम यौन होइन यस्तो व्यक्तिसँग विवाह गर्नुहोस् जसले तपाईंलाई माया गर्छ, तपाईंलाई सम्मान गर्छ पूरा पढनुहोस

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • प्रेम यौन होइन यस्तो व्यक्तिसँग विवाह गर्नुहोस् जसले तपाईंलाई माया गर्छ, तपाईंलाई सम्मान गर्छ पूरा पढनुहोस

    यौन प्रेम होइन। प्रेम यौन होइन। तपाईं यौन सम्बन्धमा हुनुहुन्छ होला तर त्यहाँ प्रेम नहुन सक्छ। तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ होला तर यौन सम्बन्धमा संलग्न नभएको हुनसक्छ।

    एक व्यक्तिले तपाईंसँग आन्तरिक रुपमा घृणा गरेर पनि यौन सम्बन्ध राख्न सक्छ। यसकारण होशियार हुनुहोस्: किनकी एउटा व्यक्तिलाई पाउनको लागि शरिरिक सम्बन्धमा सम्झौता गर्नु अन्ततः असफल हुनुको उच्च सम्भावनालाई स्वीकार गर्नु हो। यस्ता निर्णयहरूको परिणाम अक्सर अप्रिय हुन्छ।

    यौन सम्बन्धको निम्ति सहज भइ दिदा उसले मलाई माया गर्न थाल्नेछ भनेर सोच्नु सबैभन्दा ठूलो धोकाको सुरुवात हुनसक्छ। साँचो प्रेमले कहिल्यै पनि तपाईंलाई यौन सम्बन्ध राख्न बलजफ्तीमा पुर्‍याउदैन। एकजना व्यक्ति जसले तपाईंलाई माया नै गर्दैन उसले यौन सम्बन्धको कारण मन परिवर्तन गर्न सक्दैन।

    यदि कसैले तपाईंलाई यौन सम्बन्ध राखेर ‘आफ्नो प्रेम प्रमाणित गर्न’ भन्यो भने, उसले केवल तपाईंलाई प्रयोग गर्दैछ। कोही व्यक्ति यौनकै कारण तपाईंसँग छ भने, अर्को ‘उत्तम यौन’ ले उसलाई तपाईंबाट टाढा लैजानेछ। आफैलाई कसैको यौन दास बनाउनु मूर्खता हो। प्रेमले तपाईंलाई कहिल्यै पनि लाज वा अपमानमा पार्दैन ।

    कुनै व्यक्तिलाई पाउनको लागि यौन सम्बन्ध राख्ने गलत प्रयास गर्नुभएको छ भने, गलत सम्बन्धको पुन: आकलन गर्ने र सहि आधारशिलामा त्यसलाई निर्माण गर्ने मौका अझै छ। प्रेमको पहिचान गर्नुहोस्।

    उत्तम यौनको कारण कसैले तपाईंसँग विवाह गरेको छ भने, तपाईंको विवाहित जीवन घातक हुनेछ।

    यस्तो व्यक्तिसँग विवाह गर्नुहोस् जसले तपाईंलाई माया गर्छ, तपाईंलाई सम्मान गर्छ, तपाईंसँग गहिरो भावनात्मक, मानसिक र आध्यात्मिक सम्बन्ध महसुस गर्छ र बाँकी जीवन तपाईंसँग बिताउन चाहान्छ। source: facebook =shrawan bomjan

    सम्बन्धित खवर