बेवारिसे ब्यवस्थापन तथा पुर्नरजीवन केन्द्र एक्शन फर सोसियल चेन्ज जावलखेललाई मंगलवार झापाको बिर्तामोडमा भब्य स्वागत

बेवारिसे ब्यवस्थापन तथा पुर्नरजीवन केन्द्र एक्शन फर सोसियल चेन्ज जावलखेललाई मंगलवार झापाको बिर्तामोडमा भब्य स्वागत

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • बेवारिसे ब्यवस्थापन तथा पुर्नरजीवन केन्द्र एक्शन फर सोसियल चेन्ज जावलखेललाई मंगलवार झापाको बिर्तामोडमा भब्य स्वागत

    बिर्तामोड,असोज २० । बेवारिसे ब्यवस्थापन तथा पुर्नरजीवन केन्द्र एक्शन फर सोसियल चेन्ज जावलखेललाई मंगलवार झापाको बिर्तामोडमा भब्य स्वागत तथा सम्मान गरिएको छ ।
    नेपालकालागि नेपाली अभियान लगायतका संस्थाले बिर्तामोड स्थित रिपोर्टर्स क्लबमा केन्द्रका अध्यक्ष बिनयजङ्ग बस्नेत र कार्यक्रम संयोजक सपना रोक्कालाई अबिर तथा खादा ओढाएर सम्मान गरिएको हो ।

    सम्मान पछि आयोजित कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष बस्नेतले सडकमा बेवारिसे अवस्थामा रहेका लासको ब्यवस्थापन गर्ने गरेको बताउनुभयो । उहाँले राज्यले गर्नेै काम आफुले गर्दै आएको बताउदै आफ्नो अभियानमा सरकारी तवरवाट सहयोग नभएको गुनासो गर्नुभयो ।

    ६ बर्ष अघि देखि ललितपुरको जावलाखेलमा कार्यालय संचालन गर्दै आएको केन्द्रले हाल सम्म हजारौँ वेवारिसे अवस्थामा सडकमा भेटिएका शबको ब्यवस्थापन गरिसकेको बताउनुभयो । हाल सम्म देशका २६ जिल्लामा शाखा कार्यालय खोलेर अभियानमा लाग्नु भएका बस्नेतले झापा लगायत देशका ७७ वटै जिल्लामा शाखा खोल्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै सम्मानित केन्द्रकी कार्यक्रम संयोजक सपना रोक्काले आफु छोरी मान्छे भए पनि लामो समयदेखि मरेको मान्छे संग खेल्दै आएको बताउँदै छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अझै पनि छोरीमान्छेले लास छुनु हुँदैन र नजिक जानु हुँदैन भन्ने सस्कार समाजमा छ भन्नुहुँदै त्यो संस्कार अब हटाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो केन्द्रको लक्षय पुरा नभए सम्म आफ्नो अभियान पनि रोकिने छैन ।

    कार्यक्रममा नेपालका लागि नेपाली अभियानका झापा संयोजक महेन्द्र प्रसाईले केन्द्रले गरेको काम महत्वपूर्ण र उदाहरणीय भएको चर्चा गर्दै सो अभियानमा आफ्नो संस्था पनि जोडिएर अघि बढ्ने बताउनुभयो ।

    केन्द्रको २७ औँ शाखा स्थापनाको लागि झापा आउनु भएका केन्द्र्रीय पदाधिकारी, स्थानीय सामाजिक संस्था पत्रकार लगायतको उपस्थितीमा भएको सो कार्यक्रममा पीस गु्रपका अध्यक्ष महेन्द्र बस्नेत, अभियान्ता योगेन्द्र खनाल, फोहोर ब्यवस्थापनमा झापामा लागिरहनु भएका गणेश ढुंगाना, स्वच्छ समाजकी सामाजिक अभियानकर्मि सुनिता धिमाल लगायतको उपस्थिती रहेको थियो सो कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष शेखर सेडाइले गर्नुभएको थियो ।source: globletvsanchar.com

    सम्बन्धित खवर