बालिकालाई ५ सय रुपैयाँ दिएर बलात्कार गरि गर्भवति बनाउने प्रहरी पक्राउ

बालिकालाई ५ सय रुपैयाँ दिएर बलात्कार गरि गर्भवति बनाउने प्रहरी पक्राउ

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • बालिकालाई ५ सय रुपैयाँ दिएर बलात्कार गरि गर्भवति बनाउने प्रहरी पक्राउ

    पाँचथर – बालिकालाई फकाएर पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर ठटाल पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।

    बालिका गर्भवति भएको परिवारले थाहा पाएपछि सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो । पीडितका आफन्तका अनुसार ठटालले बालिकालाई गएको पुसमा बलात्कार गरी ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए ।

    ठटालले बालिकालाई पटक–पटक बलात्कार गरेकोसमेत आफन्तले बताएका छन् । पक्राउ परेका ठटालमाथि अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरी प्रवक्ता विज्ञान बस्नेतले बताउनुभयो ।

    -उज्यालो अनलाईन बाट

    सम्बन्धित खवर